Techie IT
सोमबार, वैशाख ८,२०८२

नगरिकता विधेयक पून : विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत


काठमाडौँ । नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेका सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल जारी छ ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुनः विचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ मा प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नगरिकता विधेयक, #नगरिकता विधेयक पून : विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत, #प्रतिनिधिसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545