Techie IT
सोमबार, वैशाख ८,२०८२

नेपाली कांग्रेस प्रचण्डको कार्यकर्ता: केपी आली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा आलीले नेपाली कांग्रेस प्रचण्डको कार्यकर्ता भएको टिप्पणी गरेका छन् । उनले कांग्रेस अब लोकतान्त्रिक पार्टी नरहेको बताउँदै कांग्रेसले लोकतान्त्रिक पार्टी भन्नु बेक्कार रहेको तर्क गरे ।
पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस नीति, आचरण, सिद्धान्त, विचार, व्यवहार लगाएत कुनै पनि विषयमा लोकतान्त्रिक नरहेको आरोप लगाए ।

“कांग्रेस अब कहीँ कतैको लोकतान्त्रिक पार्टी रहेन् । कांग्रेसले लोकतान्त्रिक पार्टी हुँ भन्नु बेकार छ । कांग्रेस लोकतान्त्रिक रहेन् । कांग्रेस प्रचण्डको कार्यकर्ता हो ।”
अध्यक्ष ओलीले कांग्रेसले ईतिहासमा पनि ठूलाठूला अलोकतान्त्रिक गतिविधि गरेको बताए । उनले आगामी निर्वाचनमा एमालेले विजयी हासिल गर्नु स्वयं एमालेको मात्र नभई देशको लागि रहेको दाबी गरे । एमालेले जिते मात्रै देशले जित्ने ओलीको धारणा छ ।।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा आली, #नेपाली कांग्रेस प्रचण्डको कार्यकर्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545