जसपा उपाध्यक्ष हेमराज राई १० वर्षपछि एमालेमा फर्किँए

काठमाडौं । जसपा उपाध्यक्ष हेमराज राई १० वर्षपछि एमाले फर्किने भएका छन् । जसपाका प्रभावशाली नेता(कार्यकर्तासहित उनी आज एमाले प्रवेश गर्दैछन् ।
ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई टीका लगाएर स्वागत गर्ने कार्यक्रम राखिएको छ ।
भोजपुर टेम्केमैयुङका राई पूर्वउद्योगमन्त्रीसमेत हुन् । २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईसँगै हेमराजले एमाले छाडेका थिए ।
राईले आफूसहित १५० जना नेता कार्यकर्ता एमालेमा जान लागेको नेपाल प्रेससँग बताए ।
हेमराज राईसँगै जसपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दानबहादुर चौधरी, चन्द्रविक्रम राई, भूराज राई, उमेश थापा, शान्त प्रधान, रामसिंह राई, सुनिल राई पनि एमाले प्रवेश गर्ने तयारीमा छन् ।
उपेन्द्र यादव र अशोक राईलाई प्रदेश १ मा बाबुरामले छाड्दाभन्दा हेमराजलगायतको टिमले छाड्दा जसपामा बढी धक्का पुग्ने बताइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जसपा उपाध्यक्ष हेमराज राई १० वर्षपछि एमालेमा फर्किँए, #हेमराज राई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्