Techie IT
आईतबार, वैशाख ७,२०८२

राजनीति देश बनाउने विषय हो : केपी ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश बनाउने विषय रहेको बताएका छन् । कतिपयले राजनीतिलाई मन नपराउने बताउँदै उनले विकास गर्ने कुरालाई घिर्णा गर्नुहुन्छ भने ‘वाट यू लभ’ ? भन्दै प्रश्न गरेका छन् ।
अखिल नेपाल महिला संघद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राजनीति जनताको समस्या समाधान गर्ने, जनतालाई समृद्धि दिने, बाटो देखाउने र सुरक्षा गर्ने कुरा रहेको जिकिर गरेका हुन् ।

“देश बनाउने कुरालाई तपाई घिणा गर्नु हुन्छ भने, विकास गर्ने कुरालाई घिर्णा गर्नुहुन्छ भने, के लाई मन पराउनुुहुन्छ, वाट यू लभ । वास्तवमा राजनीति भनेको देश बनाउने कुरा हो । राजनीति भनेको जनताको समस्या समाधान गर्ने कुरा हो । जनतालाई समृद्धि दिने कुरा हो, जनतालाई बाटो देखाउने कुरा हो । जनताको सुरक्षा गर्ने कुरा हो ।”

उनले यूवा तथा महिलाहरुको सहभागीता राजनीतिमा हुनैपर्नेमा जोड दिए । ओलीले महिला नजागेसम्म आधा समाज नजाग्ने धारणा राखे । राजनीति भनेको जनताको सुरक्षाको लागी भएको बताए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545