Techie IT
आईतबार, वैशाख ७,२०८२

राष्ट्रपतिद्वारा विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना


गण्डकी। राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गर्नुभयो ।

राष्ट्रपति भण्डारीलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सचिव तीर्थ श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतले मन्दिरमा स्वागत गर्नुभएको थियो ।

सो अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट राष्ट्रपति भण्डारीलाई अध्यक्ष श्रेष्ठले मन्दिरका सम्बन्धमा जानकारी गराउनुका साथै मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रपतिद्वारा विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना, #विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545