Techie IT
शनिबार, वैशाख ६,२०८२

बाबुराम र वामदेवलाई माओवादी केन्द्रको चुनाव चिह्न दिने


काठमाडौं । नेपाल समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियान नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई दलको चुनाव चिह्न दिने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले वामदेव र बाबुरामलाई चुनाव चिन्ह दिने सहमति भएको बताउनुभयो । बाबुराम र बामदेवसँग कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने जानकारी दिनुभयो । माओवादी स्थायी कमिटी बैठक बुधवार फेरि बस्ने महराले बताउनुभयो ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दल दर्ताको समय आज सकिँदै छ । एकल चुनाव चिह्नका लागि दल दर्ता गर्दा नै निवेदन दिनुपर्ने भएकाले नेताहरु निर्वाचन आयोग जाँदै छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र, #नेकपा एकता राष्ट्रिय अभियान, #नेपाल समाजवादी पार्टी, #बाबुराम र वामदेवलाई माओवादी केन्द्रको चुनाव चिह्न दिने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545