Techie IT
शनिबार, वैशाख ६,२०८२

विधेयकलाई पुनर्विचारका लागि संसदमा आउनु राष्ट्रिय सहमतिका लागि मौका


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको सुरुमा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिलाई विवादित बनाउन नहुने बताउनुभयो ।

सांसदहरुले संसदले पारित गरेको नागरिकता विधेयकलाई पुनर्विचारका लागि पुन संसदमा नै आउनु राष्ट्रिय सहमतिका लागि मौका भएको बताउनुभयो ।

सांसदहरुले नागरिकतामा दलितको नामलाई अपमानित गरिएको विषय निन्दनीय भएको, नाम सच्याउन चाहनेका लागि गृह मन्त्रालयले दिएको निर्देशन जिल्ला प्रशासन कार्यालयहरूले लागू नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसदहरुले दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको व्यवस्था गरी ग्रामीण भेगमा स्वास्थ्य पहुँच बढाउनुपर्ने माग गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता विधेयक, #प्रतिनिधिसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545