लक्ष्मीपुर एकीकृत कृषक समूहको १९ औ साधारण सभा सम्पन्न

राधेश्याम तिमलसिना
तारकेश्वर काठमाडौ । लक्ष्मीपुर एकीकृत कृषक समूहको उन्नाइसौ बार्षीक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । काठमाडौमा भएतापनि विकटताको पर्याय मानिने तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलालाई मुख्य कार्यक्षेत्र बनाएर बिगत १८ बर्षदेखी सो समूहले प्रभावकारी गतिविधिहरु गर्दे आएको छ ।
स्थानिय ६३ घरधुरीका सदस्यहरुको बचत बाट करिब १ करोड ४७ लाख भन्दा बढी कारोबार गर्ने सफल भएको सो समूह काठमाडौकै नमुना समूह मध्ये पर्दछ । पशुपालक उपसमिति ,युवा उपसमिति , महिला बिकाश समिति ,कृषि उपसमिति लगायत ६ वटा बिभिन्न उपसमितिले स्तरीय काम गर्दे आएको र साधारण सभामा सो उपसमितिहरुको प्रतिवेदन समेत पारित भएको समूहका सचिब लक्ष्मण अधिकारीले बताए ।
करिब २०० जना भन्दा बढी समूहका सदस्यहरुका उपस्थिती रहेको साधारण सभा कार्यक्रमका सभापतिका रुपमा समूहका अध्यक्ष रगुनाथ अधिकारी थिए भने प्रमुख अतिथिका रुपमा राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारी रहेका थिए । अन्य अतिथिका रुपमा तारकेश्वर नगरपालिकाका पशु बिकाश शाखाका प्रमुख जय प्रसाद यादव , तारकेश्वर नगरपालिकाका महिला बिकाश शाखाका प्रमुख मिना कुमारी थापा , शिवपुरी नार्गाजुन राष्ट्रिय निकुन्ज ढकालचौर सेक्टरका प्रमुख पेम्बा शेर्पा , गितकार एवं शिक्षक प्रकाश पुन्ज , एच के धिताल लगाएका रहेका थिए ।
बाल क्लब द्धारा प्रस्तुत गरिएको बिभिन्न सास्कृतिक कार्यक्रले सभालाई थप मनोरन्जन प्रदान गरेको थियो भने सोही अवसरमा बिभिन्न बिधामा उत्कृष्ठ नतिजा हासिल गर्ने सदस्य परिवारलाई पुरस्कार एवं सम्मन समेत गरिएको अध्यक्ष रगुनाथ अधिकारीले बताए ।
सभाका प्रमुख अतिथि एवं राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष अद्धव अधिकारीले समूहले लोभ लाग्दो काम गरेको र लक्ष्मीपूर एकीकृत कृषक समूहको अगुवाइमा सो गाउँलाई कषि पकेट क्षेत्र घोषणा गर्ने पर्ने बताए । किसान र कृषिको मुद्दामा समूको भुमिका अपरीहार्य रहेको उनकाे कथन थियाे ।
सो समाहरोमा कर्म नामक पुस्तकको समेत बिमोचन गरीएको थीयो ।
क्याटेगोरी : समाचार
ट्याग : #लक्ष्मीपुर एकीकृत कृषक समूह
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्