Techie IT
सोमबार, वैशाख ८,२०८२

तारकेश्वरको बालुवा प्रहरी प्रशासनलाई कमाउ धन्दाको हलुवा , थुप्रो अनुसार पुलिसको बारगनीङ्ग


तारकेश्वर काठमाडौ. ।जिल्ला समन्वय समिति काठमाडौं र तारकेश्वर नगरपालिकाले नदीजन्य सामग्रीको उत्खनन बन्द गराएतापनि तारकेश्वरमा रातको समयमा नदीबाट बालुवा उत्खनन् बढेको छ ।

तारकेश्वर नगरपालिकाले मिति २०७९ असार १ गते सार्बजनिक सूचना जारी गर्दे डोजर र जग्गाको कित्ताकाट गर्ने रोक लगाए पनि अहिले बर्फर जोन सहित डाँडाकाडामा प्रशासनलाई चुनौती दिदै डोजर चलिरहेका छन भने साङ्गलेखोला , घटेखोला , महादेव खोला सहित साङ्गला ,काभ्रेस्थली , जितपुर , धर्मस्थली लगायतका स्थानमा मध्यरातमा जनप्रतिनिधि र प्रहरीकै संग्लनतामा ठेकेदार मार्फत बालुवा निकाल्ने काम भैराखेको छ ।

तारकेश्वरमा अहिले बिल बन्द छ र बालुवा ढुवानीका लागी बिलमा टेन्डर निकालेको अवस्थामा बालुवा उत्खनन् बढेको छ ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ अन्तर्गत आफ्नो पहुचभित्रको श्रोतमा स्थानीयको अग्राधिकार हुनुपर्ने भएपनि त्यसको प्रयोग तारकेश्वरका सर्वसाधारणले गर्न पाएका छैनन् ।

 

मजदुरी गरी गुजारा चलाउनेलाई बालुवा निकाल्न बाध्य , थुप्रो अनुसार पुलिसको बारगनीङ्ग

बालुवाकै भरमा पालेर गुजारा चलाउँन बाध्य भएका काभ्रेस्थलीका नाम सार्बजनीक नथर्ने सर्तमा एक मजदुरका अनुसार प्रहरीले थुप्रो अनुसार पैसाको बार्गनीङ्ग गर्ने गरेको बताउनुहुन्छ ।

जिल्ला समन्वय समिति काठमाडौं र तारकेश्वर नगरपालिकाको सूचनालाई अवज्ञा गर्दे तारकेश्वरको बालुवा प्रहरी र प्रशासनलाई हलुवा बनेको छ । महादेवखोलाको बालुवा निकाल्ने एक मजदुरका अनुसार प्रहीले प्रति टिप ५०० देखी १५०० रुपैया सम्म बारगनीङ्ग गर्ने गरेका छन ।

वर्षायाममा बालुवाको अभाव भएपछि प्रशासन सेटीङ्गबाट बालुवा निकासी गरी चर्को मूल्यमा बिक्रीवितरण गर्दै आएका छन्। दैनिक ज्याला गर्ने मजदुरलाई साबेल प्रयोग गरेर बालुवा निकाल्न रोक लगाएर तस्करलाई खुला गरिएको एक स्थानीय मजदुरले बताए। ‘हामीले सावेल प्रयोग गरेर निकाल्न रोक लगाएको छ तर ठुल–ठुला व्यापारीहरु महादेव खोला र बिष्णुमती खोलामा स्काईभेटर लगाएर निकाल्छन् उनीहरुलाई कुनै कानुन लाग्दैन’ –स्थानीय मजदुरले भने।

मध्यरातमा बालुवा ढुवानीको लस्कर , प्रहरी मुखदर्शक

साङ्गलाका एक स्थानियका अनुसार राती १२ बजेपछी धमाधम निशान गाडी चल्छन । बिहान ४ बजे सम्म एउटै गाडीले ३ टिप सम्म ढुवानी गर्छ तर प्रहरी मुखदर्शक बनेर बसेको छ । साझापाना अनलाइनका टिमले मध्यरातमा एक जना नुवाकोटका सवारी चालकलाई तपाइले कसरी बालुवा ढुवानी गर्नुहुन्छ भनेर सोध्दा उहाँको जवाफ थियो प्रहरी सेटीङ्ग भएपछि हामीलाई के को डर ।
यसरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, मन्त्रिपरिषद् र सर्वोच्च अदालतले समेत असार, साउन र भदौ तीन महिना नदी एवं डाँडाकाडामा स्काभेक्टर गर्न र बालुवा रोक लगाएको छ । तर त्यसलाई वेवास्ता गर्दै निर्बाध रुपमा नदीजन्य सामाग्रिको अबैध उत्खनन् भैरहदा पनि नियमनकारी निकाय मुखदर्शक बनिरहेके छ ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #breaking, #तारकेश्वरको बालुवा प्रहरी प्रशानलाई कमाउ धन्दाको हलुवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545