विधेयक फिर्ता नगरेको भए मुलुक फिजीकरणतिर जान्थ्यो: खगराज अधिकारी

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारी मुलुकमा फिजीकरण रोक्न राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनुभएको बताउनुभएको छ ।
एक रेडियो कार्यक्रममा कुरा गर्दै नेता अधिकारीले भन्नुभयो, “गठबन्धन दलका नेताहरुले आफूलाई संविधान र कानुनभन्दा माथि देखाउनु बेठीक हो । देशलाई नै गम्भीर प्रभाव पार्ने विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने व्यवस्था संविधानमै छ । यो बबाल गर्नुपर्ने विषय नै होइन । नेपालीलाई नागरिकता दिने कुरामा विधेयक सुँड घुसारेर आएको छ । यो फिर्ता नगरेको भए मुलुक फिजीकरणतिर जान्थ्यो ।’
नेता अधिकारीले एमालेले राष्ट्रपतिलाई नागरिकता विधेयकबारे कुनै सल्लाह र सुझाव नदिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुख कुरा त अहिलेको नागरिकता विधेयक समितिमै गएन । त्यत्रा संशोधनलाई बेवास्ता गरी सांसद बाहिर गएका बेला हतारहतार पास गरियो । हामीले राष्ट्रपतिलाई कुनै सल्लाह र सुझाव दिएका छैनौं । उहाँले स्वविवेक प्रयोग गर्नुभएको हो । किनभने उहाँ संविधानको संरक्षक हो । राष्ट्रको अभिभावक हो । कसैले राष्ट्रपति मन नपरकोे भए अर्कै कुरा हो ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #खगराज अधिकारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्