देशलाई निकास र विकास दिन एमालेको सरकार आवश्यक: सुवास नेम्वाङ

कपिलवस्तु । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतको परमादेशबाट जन्मिएको वर्तमान गठबन्धन सरकारले जनताका निम्ति कुनै काम गर्न नसकेको बताउनुभएको छ ।
उहाँले अहिले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै देशलाई निकास र विकास दिन अब एमालेको सरकार आउनुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) कपिलबस्तुले आइतबार आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले निर्वाचन आयोगले सिफारिस गर्दा समेत वर्तमान गठबन्धन सरकार निर्वाचन गराउन नचाहेको भन्दै एमालेले पटक पटक दबाब दिएका कारण नै संघ र प्रदेशको निर्वाचनको मिति तोक्न बाध्य भएको औल्याउनुभयो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै एमालेका सचिव एवं लुम्विनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टी संगठनको शुद्धीकरण, सुदृढीकरण र पुनःव्यवस्थित गर्दै अहिले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।
उहाँले मंसिर ४ को निर्वाचनबाट एमाले पुनः सबैभन्दा ठूलो दल बन्नबाट कसैले रोक्न नसक्ने वताउनुभयो ।
सचिव विश्वकर्माले स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै र कमी कमजोरीहरूलाई सच्याउँदै पार्टी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा नयाँ उर्जाका साथ आजैबाट लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य विमला घिमिरेले पार्टीलाई मजबुत बनाएर अगाडि बढ्न जरूरी रहेको बताउनुभयो ।
यस्तै केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेले समावादी व्यवस्था स्थापना गर्नका निम्ति संघ र प्रदेशको चुनावमा एमालेले जित्नैपर्ने वताउनुभयो । उहाँले गठबन्धनले जित्यो भने कांग्रेसको नेतृत्वमा समाजवाद नभई देश बर्बाद हुने र दलालपुँजीवाद आउने भनाई राख्नुभयो ।
नेकपा (एमाले) जिल्ला कमिटीका अध्यक्ष डम्मर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बलराम अधिकारी लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा करिव पाँच सय अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #सुवास नेम्वाङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्