Techie IT
शनिबार, वैशाख ६,२०८२

देशभरि आज ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु


काठमाडौँ । देशभरि आज ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार ८ सय २९ नमुनाको परीक्षण गर्दा ४ सय ५५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ३ सय २ जना सङ्क्रमणमुक्त भएका छन् ।

आज कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट अहिलेसम्म ११ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ ।

हाल ५ हजार ४ सय ३५ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #कोरोना संक्रमण, #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545