एमालेले गरेका राम्रा काम लिएर जनतामा जान नेता ज्ञवालीको आग्रह
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनबाट तर्सिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ ।
पाँच दलीय गठबन्धनको घेराबन्दी र एकमात्र उद्देश्य एमाले हराउने हुँदा पनि स्थानीय निर्वाचनमा एमाले लोकप्रिय मतसहित पहिलो दल भएको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले सत्तागठबन्धनसँग सजग भने रहनुपर्ने वताउनुभयो ।
नेकपा (एमाले) जिल्ला कमिटी पश्चिम नवलपरासीको आयोजनामा शनिबार बर्दघाटमा भएको बृहत प्रशिक्षण कार्यक्रममा नेता ज्ञवालीले उक्त धारणा राख्नुभएको हो ।
उहाँले काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा लगायतका दलको स्वार्थ भनेको सत्ता प्राप्ति मात्र रहेको, देश र जनताको पक्षमा बोल्ने र काम गर्ने पार्टी एमाले मात्र रहेको वताउनुभयो ।
राष्ट्रियता र लोकतन्त्रको पक्षमा बोल्ने पार्टी एमाले एक्लै भएका कारण अहिले एमाले विरुद्ध मोर्चाबन्दी गरिएको वताउँदै उपमहासचिव ज्ञवालीले कार्यकर्तालाई उच्च मनोबलको साथ अघि बढ्न आग्रह गर्नुभयो ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम लिएर जनता माझ जान आग्रह गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकारका कारण भईरहेको महंगी, भ्रष्टाचार, अनियमितता, राष्ट्रहित विरोधी कार्यहरूको विरुद्ध उत्रन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
नेकपा (एमाले) का जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता खनाल, केन्द्रीय सदस्य एवं जिल्ला सह ईन्चार्ज विमला अर्याल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य खेमलाल पोखरेल, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायतले प्रशिक्षण दिनुभएको जिल्ला सचिव धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमालेले गरेका राम्रा काम लिएर जनतामा जान आग्रह, #प्रदीप ज्ञवाली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्