वर्तमान गठबन्धन समृद्धिको बाधक : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भारत प्रवासमा रहेका नेपालीहरूलाई आगामी आम निर्वाचनमा मतदानका लागि स्वदेश फर्कन, देश र जनताको हितको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।
महासचिव पोखरेलले प्रवासी नेपाली संघ भारतको शनिबार पञ्जावमा आयोजित विस्तारित बैठक तथा अन्तर्क्रियालाई भर्चुअल सम्बोधन गर्दै भारतमा रहेका लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा स्वदेश फर्कनका लागि त्यहाँको संगठनलाई पहल गर्न निर्देशन दिनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– भारत प्रवासमा लाखौं मतदाता हुनुहुन्छ । नेपालमा सामाजिक न्याय, विकास र समृद्धिका लागि उहाँहरूको मतको ठूलो महत्व रहन्छ । त्यसैले तपाईं प्रवासी नेपाली संघमा संगठित साथीहरूले उहाँहरूलाई मत सदुपयोगका लागि ‘कन्भिन्स’ गर्ने काम गर्नुपर्छ ।
यतिवेला मुलुकमा समाजवादतर्फको यात्रामा नेपाली काँग्रेस बाधकका रूपमा रहेको र त्यसकै पछि लागेर माओवादी केन्द्र र एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलनमा घात गरेको हुँदा भारत प्रवासमा रहेका नेपालीलाई एमालेको पक्षमा ल्याउन योजनाबद्ध अग्रसरता देखाउन महासचिव पोखरेलले आग्रह गर्नुभयो ।
नेपालमा दुई प्रमुख दल नेकपा (एमाले) र नेपाली काँग्रेसममध्ये नेपाली काँग्रेसले दलाल, नोकरशाही, पुँजीपति वर्गको सेवा र एमालेले सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने चर्चा गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनले राज्यसत्तामा कुन वर्गको प्रतिनिधित्व हुने भन्ने निर्धारण गर्ने हुँदा मतदानको अवसर नछुटाउन आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले विकास र समृद्धिको यात्रामा वर्तमान गठबन्धन बाधक रहेको वताउनुभयो ।
उहाँले प्रवासमा रहेका नेपालीले पञ्चायत विरोधी आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आम निर्वाचनका लागि पार्टीको घोषणापत्रमा राख्नेगरी प्रवासी नेपालीका समस्या लगायत सुझाव पठाउन आग्रह गर्नुभयो । उक्त विस्तारित बैठकमा पार्टीका तर्फबाट अतिथिका रूपमा सहभागी हुन स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी जानुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #वर्तमान गठबन्धन समृद्धिको बाधक : महासचिव पोखरेल, #शंकर पोखरेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्