Techie IT
सोमबार, वैशाख ८,२०८२

चुनाब जित्नका लागि मानिसको हत्या हुन्छ : केपी ओली


 

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपालमा चुनाब जित्नका लागि मानिसको हत्या गर्न पनि पछि नपर्ने प्रवृत्ति रहेको बताएका छन् ।
नेपाल युवा परिषदले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै ओलीले छिमेकी दाजुभाइकै हत्या गरेर भए पनि भोट खोस्ने प्रवृत्ति रहेको बताएका हुन् । त्यस्तो प्रवृत्तिको अन्त्यका लागि मतदान गर्ने तरिका परिवर्तन गर्नुपर्ने ओलीको भनाई छ । सबै नेपाली मतदाताहरुले जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था गर्नुपर्नेमा ओलीले जोड दिएका हुन् । निर्वाचन आयोग र राजनीतिक दलहरुबीच सैद्धान्तिक विषयमा कुरा मिले पनि जटिलता भएको ओलीको भनाई छ । संसारको जुन ठाउँमा भए पनि मतदाताले मतदान गर्न पाउनुपर्छ भन्ने मान्यतामा सबै एकमत भएको तर व्यवहारिक रुपमा कठिन भएको ओलीले बताए ।

छिमेकी दाजुभाइ छिमेकी दिदीबहिनाहरुलाई मारेर भोट जित्न खोज्ने प्रवृत्ति भएका ठाउँमा, यहाँ त्यस्तो धाँधली हुन्छ । विभिन्न देशमा विभिन्न प्रकारका भोटिङ सिस्टम छन् । त्यसमा गम्भीर कोइसनहरु उठेको छ । हामी कोइसन नउठ्ने गरी सबै नेपाली नागरिकहरु मतदाताहरु जहाँ छन् उनीहरुले मतदान गर्न पाउने तर त्यो मतदान फेक भोटिङ नहोस् ।

फरक प्रसंगमा ओलीले बजेट निर्माणका बेला व्यापारीले करका दर परिवर्तन गर्दा आफ्नो मन पालेको बताए । सरकारबाट जनताले केही लाभ लिन नपाएको तर नपाउनुपर्नेले फाइदा लिएको ओलीको भनाई छ । आफू प्रधानमन्त्री हुँदा राष्ट्रको ढुकुटीमा पैसाको खाँचो नभएको तर अहिलेको सरकारले जे काम गर्न पनि पैसा छैन भन्ने गरेको ओलीले बताए । सरकारमा अलच्छिन पसेको ओलीको टिप्पणी छ ।

म प्रधानमन्त्री हुँदा पैसा छैन भनेको सुन्नुभयो ? यता पनि पैसा छ उता पनि पैसा छ । हुलाकी राजमार्ग बन्छ पैसा छ धरहरा बन्छ पैसा छ रानीपोखरी बन्छ पैसा छ दरबार हाइस्कुल बन्छ पैसा छ आर्मीको हेडक्वार्टर बन्छ पैसा छ । आर्मीको युनिभर्सिटी बन्छ पैसा छ । ३ सय ९६ वटा हस्पिटल मैले एकै ठाउँबाट शिलान्यास गरेँ । बजेट छुट्याएँ, निर्माणकार्य सुरु भयो पैसा छ । पैसा कहाँ जान्छ, अलच्छिना कहाँबाट पस्यो ? चिन्ता त्यो हो । पैसा कहाँ गयो ? कसरी हरायो त्यत्रो पैसा ?

अध्यक्ष ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए । उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए । आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको उनले बताए ।
( सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पति सरकारको नाममा गरिदिएका छौं । तपाईहरुलाई थाहा छदैछ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन । अब तपाईहरुले उचपार गराइदिनुभयो भने छुटै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन ।

आफूले पार्टीमा परिवारवादलाई निरुत्साहित गरेको भन्दै उनले आफ्ना भाइ गाउँमा खेति किसानी गरेर बसिरहेको जानकारी दिएका छन् । त्यसैगरी ओलीले अहिलेको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई समस्याको रुपमा चित्रित गर्नु गलत भएको टिप्पणी गरेका छन् । आफू प्रधानमन्त्री हुँदा ति भूभाग नेपालको हो भनेर संवादका लागि भारतलाई पत्राचार गरेको तर अहिलेको सरकारले कुनै पहल नगरेको आरोप लगाए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #चुनाब जित्नका लागि मानिसको हत्या हुन्छ : केपी ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545