Techie IT
आईतबार, वैशाख ७,२०८२

क्यानडामा मङ्कीपक्सका बिरामीहरूको सङ्ख्या एक हजारभन्दा बढी


ओटावा । क्यानडामा मङ्कीपक्सका बिरामीहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ ।

क्यानडाको सार्वजनिक स्वास्थ्य सम्बन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका बिरामी भएका हुन् ।

ती मध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ । ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ । त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलम्बियामा ८५ जना र अल्बेर्तामा १६ जना मङ्कीपक्सबाट बिरामी भएका छन् ।

मङ्कीपक्सका बिरामीहरू दैनिक रुपमा बढ्दै गएकाले प्रदेश अनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ ।रासस/सिन्ह्वा


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #क्यानडामा मङ्कीपक्सका बिरामीहरूको सङ्ख्या एक हजारभन्दा बढी, #मङ्कीपक्स


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545