Techie IT
सोमबार, वैशाख ८,२०८२

सिर्जना सिंहद्वारा चुनावी तालमेलको विरोध


काठमाडौं । पाँच दलिय सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेर गत स्थानीय चुनावमा पराजित हुनु भएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले संसदीय चुनावमा दलहरूले आ-आफ्ना उम्मेदवार उठाएर प्रतिस्पर्धा गर्नु उपयुक्त हुन  सुझाव दिनु भएको छ । कांग्रेस पदाधिकारी बैठकको पूर्वसन्ध्यामा उहाँले यस्तो सुझाव दिनुभएको हो ।

सत्तारुढ पाँचदलीय गठबन्धन सिट बाँडफाँटको तयारीमा रहेका बेला उहाँले चुनावी तालमेलको विरोध गर्नुभएको हो ।

नेतृ सिंहले बुधबार ट्विट गर्दै चुनावी तालमेलभन्दा पनि आसन्न संसदीय निर्वाचनमा सबै दल आआफ्ना चुनाव चिह्नबाट लड्नुपर्नेमा जोड दिनु भएको छ ।

उहाँ लेख्नुहुन्छ, ‘संसदीय चुनावमा आ-आफ्नो पार्टी आफ्नै चुनाव चिन्ह र गठबन्धन नगरी सबैले आ-आफ्ना उम्मेदवार उठाउने बरू बहुमत नआए गठबन्धन गर्दा हुन्छ । स्थानीय चुनावमा देखेको भोगेको, गठबन्धनले अन्यौल र अस्तव्यस्त बाहेक केही गर्दैन।’


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सिर्जना सिंहद्वारा चुनावी तालमेलको विरोध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545