राजनेताहरु बिदेश भ्रमणमा जाने र सकारात्मक सहमती भयो भन्ने,तर के सहमतीे भयो भन्ने थाहा नदीने : जगननाथ खतिवडा

काठमाडौं । नेकपा एकिकृत समाजवादीका प्रवक्ता जगननाथ खतिवडाले राजनेताहरु बिदेश भ्रमणमा जाने र सकारात्मक सहमती भयो भन्ने तर के सहमतीे भयो भन्ने थाहा नदीने तर सिमाना भने मिचिएकै हुने जस्ता प्रवृत्ति रहेको बताए ।
काठमाडौंमा आयोजित चलचित्र काँडेतार नेपाल र छिमेकीसँगको सुमधुर सम्बधको लागी प्रस्ताबना विषयक विचारविमर्श कार्यक्रममा बोल्दै हाम्रो सिमानामा रहेर बाँचेका नेपालीहरु आफ्नै देशभित्र आन्तरीक सरनार्थी जस्तो भएर बसेका छन् तर राज्य सत्ता भने मौन रहेको बताएका छन् ।
‘स्वाभिमान नेपालीहरु हाम्रो सिमानामा रहेका बाँचेका नेपालीहरु आफ्नै देशभित्र आन्तरीक सरनार्थी बस्तीजस्तो रुपमा तर राज्य सत्ता मौन छ । राजनेताहरु बिदेश भ्रमणमा जान्छन् बढो सकारात्मक सहमती भयो भन्छन् के भयो सहमती भयो थाहा हुन्न तर सिमाना मिचिएकै हुन्छ । डुबानमा परेकै हुन्छ । अपराधी गतीबिधी बढेकै हुन्छ तर बार्ता के हुन्छ थाहा छैन यसकारण सिमानामा काँडे तार लगाउनु अघि देशका राजनितीक दलले प्रहरी सेनाले लथा सिङगो देश निमार्णमा लागेका हरेक नेपालीले मस्तीस्कमा काँडे तार लगाउँनु पर्छ । ’
यस्तै काँडेतारका निर्देशक तथा नायक नवल खड्काले देश भत्तिपूर्ण चलचित्र बनाउँदा राज्यबाट र अन्य ठाउँबाट पाउँनु पर्ने साथ सहयोग नपाएको बताए ।
उनले देश भत्तिपूर्ण चलचित्र बनाउँदा राज्यबाट र अन्य ठाउँबाट पाउँनु पर्ने साथ सहयोग नपाएको भन्दै अप्ठ्यारो भोग्नु परेको बताए ।
‘देश भत्तिपूर्ण चलचित्र बनाउँदा राज्यबाट र अन्य ठाउँबाट पाउँनु पर्ने साथ सहयोग हामीलाई जहिले पनि कम भईरहेका छ र अप्ठ्यारो भोग्नु परीरहेको छ । ’
उनले खुला सिमाना नेपालका लागी घातक छ भन्ने कुरा घाम जत्तिकै छर्लङग रहेको र काँडेतार बारले दुइ देशबिचको सुमधुर सम्बन्ध बनाउँछ भन्ने विषयमा उक्त चलचित्र बनेको बताएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #चलचित्र काँडेतार, #जगननाथ खतिवडा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्