Techie IT
शनिबार, वैशाख ६,२०८२

बाढी पिडित प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारलाई सांसदको आग्रह


 

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएसंगै यसले जनधनको क्षति भएको भन्दै प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिएर बोल्दै सांसद विमला घिमिरेले वर्षाका कारण किसानले गत वर्ष क्षति बेहोरेको धानको राहतसमेत नपाएको बताएकी छन् ।

‘यो सरकार जनताको समस्यामा बुनै लेखाजोखा रान सक्छ बी सक्दैन् भन्ने कुरा जनताले थाहा पाउन छाडिसकेका छन् ।
उनले बाढी पहिरो प्रभावितको उचित व्यवस्थापन र राहत दिन पनि आग्रह गर्दै सरकारले क्षतिको अभिलेख मात्रै सङ्कलन गरेर क्षतिपूर्ति नदिएको अवस्थामा अहिले फेरि धानका लागि मलसमेत नपाउनु धेरै दुखको कुरा भएको बताईन् ।
यस्तै सांसद शारदादेवी भट्टले देशभर भईरहेको वर्षाका कारण मुलुकका धेरै क्षेत्रमा ठूलो धनजनको क्षति भएको बताएकी छन् ।

‘वर्षाले प्रभावित जनाताको धनजनको क्षती, न्युनिकरण,रोकथाम र बाढि पिडितको उचित व्यवस्था गर्न आग्रह गर्दछु ।
प्रभावित नागरिकलाई उचित राहत दिन आग्रह गर्दै उनले यो विषयमा सरकारले ध्यान दिन आग्रह गरेकी छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #बाढी पिडित प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारलाई सांसदको आग्रह, #राष्ट्रियसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545