Techie IT
आईतबार, वैशाख ७,२०८२

कुरुप बन्दै नयाँबजार


काठमाडौँ । यो दृश्य काठमाण्डौं महानगरपालिका वडा नं १६ र १७ वडा मा पर्ने चौमति नयाँबजार सडकको हो । मेलम्ची खानेपानी आयोजनाले पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्रे भइसक्नुपर्ने हो । सडक कालोपत्रे नहुदा दैनिक हजारौँ सवारी एवं पैदल यात्रुले सास्ती भोग्नुपरेको छ । सडक नबनाउँदा पैदल यात्रामा कठिनाइ भएको स्थानीयवासी अशोक खनालले गुनासो गर्नुभयो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कामका लागि उपयोग भएको सडक हेर्ने जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र निर्माण व्यवसायीले बेलैमा काम गर्न ध्यान नदिँदा यात्रु मर्कामा परेका हुन् । जसका कारण स्थानीयवासीले आयोजनालाई गाली गरिरहेका छन् ।

हेनुहोस सडकको अवस्था

 


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #काठमाण्डौ महानगरपालिका, #कुरुप बन्दै नयाँबजार, #चौमति नयाँबजार सडक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545