एमालेलाई गठबन्धनको आवश्यकता छैन: प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आगामी मंसिर ४ गते हुने प्रचिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेलाई कुनै गठबन्धनको आवश्यकता नरहेको बताएका छन् ।
मुलुकमा नेकपा एमाले सबैभन्दा बलियो पार्टीका रूपमा रहेको जिकिर गर्दै उनले गठबन्धनको नाममा कुनै वैशाखी आवश्यक नरहेको बताएका हुन् । ‘कमजोर शक्तिले मात्रै गठबन्धन गर्ने हो । गठबन्धन सामर्थ्यको प्रतीक होइन । बलियोलाई वैशाखीको आवश्यकता पर्दैन,’ दल दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै नेता ज्ञवालीले भने ।
सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरी अघि बढ्ने निर्णय गरेका थिए । सोही निर्णयप्रति व्यङ्ग्य गर्दै एमाले उप–महासचिव ज्ञवालीले सो कुरा बताएका हुन् ।
एमालेले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका निम्ति आज मंगलबार दल दर्ता गरेको छ । निर्वाचन आयोगमा पुगेर एमालेले १०औं नम्बरमा दल दर्ता गराएको हो ।
अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र लिएर महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेता कृष्णगोपाल श्रेष्ठलगायत दल दर्ताका निम्ति निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #प्रदीप ज्ञवाली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्