Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले बागमती प्रदेशले ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने निर्णय गरेको छ ।

प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा सोमबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । निर्णयानुसार प्रदेशभित्रका जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलन तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्ने अग्रणी ब्यक्तिहरुको खोजी तथा पहिचान गरि सम्मान गरिनेछ ।

बैठकले बुद्धिजिवीहरूको पनि कुरा सुन्ने निर्णय गरेको छ । बैठकले भाद्र १० गते काठमाडौँमा एक कार्यक्रम नै आयोजना गरेर बुद्धिजिवीका कुरा सुन्ने निर्णय गरेको पाण्डेले बताए । बैठकपछि प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्तौलाले जारी गरेको विज्ञप्तिमा प्रदेश लेखा समिति गठन गर्ने निर्णय पनि भएको उल्लेख छ ।

बैठकले विधान बमोजिम प्रदेशका विभागहरूलाई पूर्णता दिएको छ । त्यस्तै बैठकले प्रदेश सल्लाहकार परिषद निर्माणको लागि तीन दिन भित्र प्रदेश अन्तर्गतका सबै जिल्लाहरुलाइ सल्लाहकार परिषदमा समेट्नु पर्ने नेताहरूको नामावली दिन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले प्रदेश कमिटीमा रिक्त रहेको स्थानमा तथा एकता प्रक्रियाबाट पार्टीमा प्रवेश गरेका १० जनालाई मनोनित गरेको छ । मनोनित हुनेहरूमा श्रीधर पोखरेल, सुमित्रा राजबंशी, अच्युत श्रेष्ठ, खेम भट्ट, गोपालजी गुप्ता, मनरत्न शाक्य, सीता ढकाल, भुवन केसी, देवेन्द्र खत्री र सुरेश राना रहेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #एमाले बागमती प्रदेशले ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने, #नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545