Techie IT
सोमबार, वैशाख ८,२०८२

 ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक


काठमाडौँ । ज्ञानेन्द्र देउजाद्धारा निर्देशित फिल्म ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा विवाहपछि परिवारमा हुने झगडालाई प्रस्तुत गरिएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक ज्ञानेन्द्र देउजाले दर्शकलाई चलचित्रभित्र के छ भन्ने देखाउनका लागि ट्रेलर सार्वजनिक भएको बताएका छन् । निर्देशक ज्ञानेन्द्र देउजाले यो फिल्लमले कलाकारहरुको इमेजलाई अझमाथि उठाउने बताए ।

‘ट्रेलर सार्वजनिक गदैगर्दा चलचित्रभित्र के छ भन्ने देखाएको हो, अरुले विषयवस्तु भन्दा बहिरको बनाउछन् । ’
अभिनेत्री केकी अधिकारीले फिल्लमलाई कृतिमा जस्तै माया इष्र्या र लोभले जकडिएको व्यक्ति पछिगएर सन्देशसहित पार्दामा देखिने बताएकी छन् ।

‘ट्रेलर सार्वजनिक भए संगै यो फिल्लमा जेठानिको रुपमा देख्न सक्नुहुन्छ । एउटा माया इष्र्या जो हरेक व्यक्तिमा हुन्छ । लोभले जगडेको व्यक्ति जो पछि गएर बलियो सन्देश लिएर पार्दामा आउछ । ’

यस्तै अभिनेत्री आंचल शर्माले आफ्नो अभिनयभन्दा फिल्लमको ट्रेलर राम्रो लागेको बताईन ।

‘काम भन्दा ट्रेलर राम्रो लाग्यो । ट्रेलर नआएसम्म हाम्रो थियो अब यो दर्शकको हो । यो कुतिमा काम गर्दा भेषभुषा लाई दर्शकलाई मन पाराउनु हुन्छ कि हुन्न भन्ने थियो । ’
आगामी भदौ १७ गतेबाट नेपालभरका सिनेमा हलमा रिलिज हुने फिल्मको ट्रेलर आज सार्वजनिक गरिएको हो ।
असार १५ गते सार्वजनिक ३० सेकेण्डकोे टिजर सार्वजनिक गरिएको थियो । फिल्लममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको अभिनय रहेका छ भने फिल्म कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको हो ।
कवि तथा लेखन भिमनिधि तिवारीद्वारा लिखित चर्चित कथा ‘झिँगेदाउ’मा आधारित भएर बनेको फिल्ममा प्रदीप भारद्वाजको पटकथा÷संवाद, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

 

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:31 am6:33 pm +0545