‘पर्यटन’ नेपालको समृद्धिको महत्वपूर्ण आधार : पर्यटन मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ‘पर्यटन’ नेपालको समृद्धिको महत्वपूर्ण आधार रहेको बताएका छन् । उनले पर्यटन उद्योगले देशको विकास र अर्थतन्त्रलाई बलियो बनाउने जिकिर गरे ।
काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीचको सहकार्यको साझेदारीपत्रको हस्ताक्षर कार्यक्रममा बोल्दै उनले पर्यटन व्यवसाय पूर्ण रुपमा सञ्चालन हुने गरी आवश्यक वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।
“नेपालको समृद्धिको आधारहरुमध्ये पर्यटन क्षेत्र महत्वपूर्ण आधार हो । पर्यटन उद्योगलाई विकास र देशको अर्थतन्त्रलाई बलियो बनाउनु पर्छ । पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञले पर्यटन व्यवसाय पूर्ण रुपमा सञ्चालन हुने गरी आवश्यक वातावरण बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।”
मन्त्री श्रेष्ठले कोभिड महामारीले खुम्चिएको हाम्रो समाज र अर्थतन्त्रलाई सुरक्षा मापडण्ड अपनाई पर्यटन व्यवसायलाई चलायमान बनाउनुपर्ने बताए । सरकारले नेपाललाई संसारका पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको उनको तर्क छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जीवनराम श्रेष्ठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्