Techie IT
आईतबार, वैशाख ७,२०८२

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाडौँ ।  पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार ५०७ जना होम आइसोलेसनमा रहेका छन् भने १५२ जना संस्थागत आइसोलेसन र ४५ जना आईसीयूमा छन् । यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545