पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रदीप ज्ञवालीको माग
काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन सरकारसँग माग गरेका छन् ।
आज आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा व्यक्त गर्दै उनले भारतीय आयल निगमले दुई–दुई पटक मूल्य घटाएर पठाए पनि नेपाल सरकारले मूल्य घटाउने छाँट नदेखाएको भन्दै यस्तो माग गरेका हुन् । मूल्य बढेर आउँदा तत्काल बढाइहाल्ने सरकारले यस पटक प्रतिलिटर ३१ रुपैयाँ घटेर आउँदा पनि उपभोक्तामाथि चरम मार थोपरिरहेको उनको भनाइ छ ।
‘नाफा हुँदा आयल निगमको पोल्टामा, घाटा हुँदा उपभोक्ताको काँधमा यो कहाँको न्याय हो,’ सांसद ज्ञवालीले भने, ‘सरकारले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाएर उपभोक्ता र आम नागरिकलाई राहत दिनुपर्छ र सरकार भएको कुराको अनुभूति दिनुपर्छ ।’
मूल्य बढाउने र भाउ घट्दा मूल्य नघटाएर नेपाल आयल निगमप्रति जनताको विश्वास घटाएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयातको जिम्मा दिने तयारी सरकारले गरेको सांसद ज्ञवालीले आरोप लगाए । जस कारण भाउ बढाइरहेको सरकारले अहिले मूल्य नघटाएको उनको भनाइ छ ।
उनले अगाडि भने, ‘अहिले एउटा गम्भीर प्रश्न छ, आयल निगमलाई विवादित बनाउने, आयल निगमप्रति जनताको आक्रो बढाउँदै जाने, अनि त्यसको ठाउँमा अर्को कुनै प्राइभेट फर्म खोल्ने, जसका निम्ति लेनदेन भइसकेका अनेकौँ कुराहरू बजारमा आइसकेका छन् । त्यसपछि आयल निगमले सुलभ दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन सकेन भनेर केही व्यापारीहरूलाई पोस्ने प्रयोजनका निम्ति सचेतन ढङ्गले सरकारले मूल्य घटाइरहेको छैन ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न अनेरास्ववियुको माग, #प्रदीप ज्ञवाली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्