स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सांसद भट्टराईको माग

प्रतिनिधिसभाका सांसद तथा एमालेका सचिव योगेश भट्टराईले स्वास्थ्य बीमा कार्यक्रमलाई अहिलेको सरकारले धरापमा पारेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बजेट बक्तव्यले स्वास्थ्य बीमालाई निजी कम्पनीले चलाउने मनसाय व्यक्त गरेको बताए । जसका कारण अहिले निजी स्वास्थ्य संस्थाले बीमा कार्यक्रम स्थगित गर्न थालेको भट्टराईले बताए । सरकारका कारण लाखौँ मानिसहरु बीमा सेवा पाउनबाट बन्चित रहेको उनले बताए । बजेट बक्तव्यको १५१ नम्बरको बुँदाबाट स्वास्थ्य बीमा कार्यक्रममाथि गम्भीर आघात पुगेको उनको टिप्पणी छ ।
बजेट बक्तव्यको १५१ नम्बरको बुँदाबाट यो स्वास्थ्य बीमामाथि गम्भीर आघात पुगेको कुरा फेरी एकपटक म ध्यानाकर्षण गराउन चाहन्छु । यो विषय यो गरिमामय संसदमा हाम्रो पार्टीको तर्फबाट पटक पटक उठाएका छौँ । साथै सत्तापक्षीय कतिपय माननीयज्यूहरुले पनि उठाउनुभएको छ । म धन्यवाद दिन चाहन्छु । १५१ नम्बर बुँदाले यो स्वास्थ्य बीमालाई निजी कम्पनीअन्तरगत चलाउने जुन मनसाय व्यक्त गरेको छ । त्यसकारणले पछिल्ला दिनमा कतिपय स्वास्थ्यकेन्द्रहरुले, अस्पतालहरुले स्वास्थ्य बीमाको सेवा अवरुद्व गरेका छन् ।
अहिले एक लाख रुपैयाँको मात्रै बीमा हुने गरेकोमा अब कम्तिमा १० लाख रुपैयाँको बीमाको व्यवस्था गर्न पनि उनले माग गरे । त्यसैगरी कोरोना बीमाको करिब ६ अर्ब रुपैयाँ अझै भुक्तानी नभएको भन्दै भट्टराईले सरकारको ध्यानाकर्षण गराए ।
सांसद भट्टराईले गंगालाल अस्पतालमा कार्यरत एक जना चिकित्सकको ६० वर्षे उमेरहदका कारण अवकास पाउने भएपछि सरकारले नियम परिवर्तन गरेर उमेरहद ६३ वर्ष पुर्याएको दाबी गरेका छन् । प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्यमन्त्रीले एक जना व्यक्तिका लागि नियम नै परिवर्तन गरिएको भन्दै उनले कडा आपत्ति जनाएका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #योगेश भट्टराई, #स्वास्थ्य बीमा कार्यक्रमको रकम बढाएर १० लाख रुपैयाँ पुर्याउन माग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्