समाजवादको आधार निर्माण गर्न एमालेको विजय अनिवार्य छ: पृथ्वी सुब्बा गुरुङ

पोखरा । नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय मुद्दा र सवालहरूमा तथ्यपरक विश्लेषण आवश्यक भएको बताउनुभएको छ ।
उपमहासिचव गुरुङले तथ्यपरक विश्लेषणको अभावमा जनमत भड्किने वताउनुभयो ।
उहाँले लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको आगमन र बहिर्गमन प्रतिनिधि सभाबाट मात्र हुन्छ तर वर्तमान प्रधानमन्त्रीको आगमनमा त्यस्तो संगति मिलेको छैन भन्नुभयो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनको गण्डकी प्रदेश सम्मेलनको उदघाटन गर्दै उपमहासचिव गुरूङले नेपालका बुद्धिजीवी र प्राध्यापकहरूले यस्ता विषयहरूमा अनुसन्धान गरेर वास्तविकता सार्वजनिक गर्नुपर्छ भन्नुभयो ।
उहाँले समाजवादको आधार निर्माणका लागि नेकपा (एमाले) को विजय अनिवार्य भएको पनि बताउनुभयो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन गण्डकी प्रदेश समितिका निवर्तमान अध्यक्ष शेखरनाथ अधिकारीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा नेकपा (एमाले) स्थायी समिति सदस्य खगराज अधिकारीले संगठनको सञ्चालनमा विधि र पद्धतिको पालनालाई जोड दिन सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. वेदराज केसीले संगठनले राष्ट्रियस्तरमा उठेका विभिन्न सवालहरूमा देशव्यापी रूपमा विषयगत बहस सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका महासचिव डा. पदमप्रसाद खतिवडा, इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. भरत पहारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले, #पृथ्वी सुब्बा गुरुङ, #समाजवादको आधार निर्माण गर्न एमालेको विजय अनिवार्य छ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्