१४ वर्ष जेल बसेका केपी ओलीले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खाँदैनन्: डा. केसी

काठमाडौं । राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले मुलुकको व्यवस्था परिवर्तनका लागि १४ वर्ष जेल बसेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता धरापमा नपार्ने बताएका छन् ।
अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाइएको भन्दै केसीले यस्तो टिप्पणी गरेका हुन् । गुनासो पोखे । सरकारले निर्वाचनको मिति घोषणा गरेको खुशी व्यक्त गर्दै उनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानु सिद्धान्तहीन अभ्यास हुने बताएका छन् ।
पाँच दलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउने मात्रै उद्देश्य राखेको उनको टिप्पणी थियो । ‘अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाइएको छ, मलाई विश्वास छ उनले यो गर्न सक्दैनन् ।’
गठबन्धनवालाहरूले एमाले अध्यक्ष ओलीले गणतन्त्रका उपलब्धि सिध्याउँछन् र उनको साँठगाँठ राजासँग छ भन्ने गरेतर्फ इंगित गर्दै डा. केसीले भने, ‘अहिले गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशी–समानुपातिक एजेण्डा, यी जम्मै केपी ओलीले खान्छन् भन्ने खालको भाष्य जोडिएको थियो । तर, म भन्छु की प्रतिगमन भन्ने वस्तु शेरबहादुर देउवाले गरेको हो । देउवाले संसद् विघटनका लागि राजा ज्ञानेन्द्रकोमा बिन्ती गरेका थिए । अदालतले पनि हाउस विघटन गर्न भनेको थियो । त्यो बेला संवैधानिक व्यवस्था धरापमा पार्ने काम भएको थियो ।’
उनले अहिलेको राजनीतिको प्राप्तिको अवरोध भनेको नै ओली हो र उसलाई ठेगान नलगाउँदा पाँच दलीय गठबन्धन बनाउनैपर्छ भनेर गठबन्धनका नेताहरू लागेको सुनाए । उनले भने, ‘अहिले गठबन्धनका नेताहरूले एमालेलाई पूर्णतः किनारा लगाउनुपर्छ भन्ने परिवेश निर्माण गरेको हो । गठबन्धन गर्नका लागि उनीहरू दृढ संकल्पमा थिए । यसमा आश्चर्य छैन् ।’ उनले समयमै निर्वाचनमा जालान भन्नेमा आफूहरू अपेक्षित रहेको धारणा व्यक्त गरे ।
न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका शक्ति सन्तुलनका लागि गठन भएको स्मरण गराउँदै उनले भने, ‘अहिले त देशको सर्वोच्च अदालतको प्रधान्यायाधीशलाई फालेर अर्को मान्छे लिएर मनपर्दी गदै हिँड्ने काम भएको छ । यो गणतन्त्र र संघीयताका लागि केपी ओली १४ वर्ष जेल बसेका हुन् । त्यसकारण ओलीले यी तीन वटा कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खाँदैनन् भन्ने मलाई लाग्छ । हामी त गुण र दोषको आधारमा बोल्छौं ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #सुरेन्द्र केसी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्