Techie IT
आईतबार, वैशाख ७,२०८२

सत्ता गठबन्धनका कुनै पनि दलले एमाले विरुद्धचुनाव लड्न सक्दैन्: सुवासचन्द्र नेम्वाङ


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्ता गठबन्धनका कुनै पनि दलले एमालेविरुद्ध एक्लाएक्लै लड्न नसक्ने दाबी गरेका छन्।

शनिबार बिहान दाङमा आयोजित एक कार्यक्रममा बोल्दै नेम्वाङले सत्तरुण दलहरु गठबन्धन गरेर चुनावमा जाने तयारी गर्नु एमालेको राजनीतिक विजय भएको तर्क गरे ।

‘गठबन्धन आफैँमा संसदीय मूल्य,मान्यताविपरीत छ, यो आफैँमा अपवित्र छ’, उनले भने, ‘त्यसैले एमालेसँग एक्लै चुनाव लड्न सक्ने हैसियत राख्दैन। यसो हुनु भनेकै एमालेको राजनीतिक विजय भएको हामीले ठानेका छौँ।’

नेता नेम्वाङले सत्ता स्वार्थमा लिप्त भएका, देशलाई श्रीलंकाको बाटोमा हिँडाउन खोजेका गठबन्धनका नेताहरूको कार्यशैलीलाई परास्त गर्दै बलियो राष्ट्रिय शक्तिका रूपमा रहेको एमालेलाई काम गर्ने वातावरण बनाउन निर्वाचनका माध्यमबाट जनताले फैसला गर्नुपर्ने बताए।

‘देशको अग्रगमनका लागि हामीले नयाँ जनादेशको कुरा गर्दा अराजनीतिक पार्टी, राष्ट्रघाती भन्नेहरु टाउको जोडेर जनताको बीचमा भ्रमको खेती गरिरहेका छन्, जनताले उनीहरुको कार्यशैली र गतिविधिलाई बुझेका छन्’,उनले भने । नेता नेम्वाङले पछिल्लो समय गठबन्धन सरकारले एकपछि अर्को गलत काम गर्दै गएकोमा खबरदारी गर्दागर्दै पनि नजरअन्दाज गरेर अघि बढ्न खोज्नु मुलुक र जनताको हीत विपरीत भएको तर्कसमेत गरे।


क्याटेगोरी : समाचार
ट्याग : #सुवासचन्द्र नेम्वाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545