Techie IT
सोमबार, वैशाख ८,२०८२

अतिउच्च जोखिममा मेलम्चीकाे तटीय क्षेत्र


सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते,धाप र आसपास ठुलो वर्षा भएको छ ।

यस क्षेत्रमा पछिल्लो ३–६ घण्टा ठुलो वर्षा मापन गरिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ ।

महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

खोला निकै बढेको चनौटेका बस्ती खड्काले बताउनुभयो । तालामाराका स्थानीय डरले घर बाहिर बसेका स्थानीय योगबहादुर  अर्यालले बताउनुभयो ।

पहिरोले भोटेचौर काउले सडक अवरुद्ध

सिन्धुपाल्चोकको मेलम्ची नगर पालीका वडा २  निबु गाँउमा गएराति पहिरो गएको छ ।  राति सवा दश बजे गएको पहिराले भोटेचौर– काउले सडक अवरुद्ध  भएको छ ।  पहिरोका कारण केही घर जोखिममा परेको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका स्थानीयहरू सुरक्षित स्थानमा गई बसेका  प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #अतिउच्च जोखिममा मेलम्चीकाे तटीय क्षेत्र, #सिन्धुपाल्चोक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545