Techie IT
सोमबार, वैशाख ८,२०८२

सांसद प्रकाश श्रेष्ठद्धारा नागार्जुन माध्यमिक विद्यालयलाई ९ थान कम्प्युटर हस्तान्तरण


काठमाडौं । प्रदेश पूर्वाधार साझेदार कार्यक्रमअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. ७ (ख) का माननीय सांसद प्रकाश श्रेष्ठले नागार्जुन माध्यमिक विद्यालयलाई ९ थान कम्प्युटर हस्तान्तरण गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोदादेवी पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं. ५ का वडा सदस्यद्वय जयराम अर्याल र अनन्तमणि आचार्य एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य हरि अर्याल, चम्पा गौतम, पदमनाथ फुयाँल र प्रकाश वि.क.को पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा सांसद श्रेष्ठलगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोदादेवी पौडेल, प्रधानाध्यापक रामकुमारी तिवारी पौडेल, पदमनाथ फुयाँल र अनन्तमणि आचार्यले आ—आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा इसीडी कक्षामा अध्ययनरत् ३७ जना विद्यार्थीलाई तारकेश्वर नगरपालिकाले उपलब्ध गराएको रकमबाट २—२ सेट विद्यालय पोशाक पनि वितरण गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन भने देवेन्द्र अर्यालले गर्नुभएको थियो ।

 

फरक पत्र बाट


क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुन माध्यमिक विद्यालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545