कास्कीमा ८ हजार नयाँ मतदाता थपिए

कास्की । देशमा प्रदेश र सङ्घको निर्वाचन घोषणा भएको छ ।
आगामी प्रदेश र सङ्घको निर्वाचनका लागि सङ्कलन गरिएको नामावलीमा कास्कीमा ८ हजार नयाँ मतदाता थपिएका छन् ।
फोटोसहितको मतदाता नामावली सङ्कलन गरेको प्रदेश निर्वाचन कार्यालयले २०७९ साउन २० गते दिउँसो सम्मको मतदाता नामावली सार्वजनिक गरेको हो ।
कास्कीका ५ वटै पालिकामा गरी करिब ८ हजार मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले बताउनुभयो ।
“हामीले स्थानीय चुनाव सकिए लगत्तै नामावली सङ्कलनका लागि आह्वान गरेका थियौँ । यस पटक अनलाइनबाट पनि नामावली भर्न मिल्ने व्यवस्था गरेका थियौँ । यस कारण यो छोटो समयमा धेरैले मतदाता नामावलीमा नाम टिपाउनुभएको हो”, प्रमुख पराजुलीले भन्नुभयो ।
कास्कीका ५ वटै पालिकामामा सबैभन्दा बढी पोखरा महानगरपालिकामा मतदाता थपिएका छन् ।
कास्कीका ४ गाउँपालिका र १ महानगरपालिकामा करिब ८ हजार नयाँ मतदाता थपिएका हुन् । स्थानीय निर्वाचन पछिको यो छोटो अवधिमा नयाँ मतदाता थपिएका हुन् ।
“अब मतदाता नामावली सङ्कलन सकियो । फोटोसहितको नामावली सङ्कलन हुँदैन ।”उहाँले भन्नुभयो ।
कास्कीका ५ पालिका पोखरा, रुपा, माछापुच्छ्रे, मादी, अन्नपूर्ण गरी ५ पालिका छन् ।
२०७९ को स्थानीय तहको चुनावमा कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #कास्की, #कास्कीमा ८ हजार नयाँ मतदाता थपिए
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्