Techie IT
आईतबार, वैशाख ७,२०८२

सर्वोच्च अदालत शुक्रबार पनि पूरा समय सञ्चालन हुने


काठमाडौँ । सर्वोच्च अदालत आजदेखि शुक्रबार पनि पूरा समय सञ्चालन हुने भएको छ ।
सर्वोच्च अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आज शुक्रबारदेखि अरु बार सरह पूरा समय काम हुने जनाएको हो ।

सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।
अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार आठ सय १९ थान छन् । त्यस्तै दुई वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सर्वोच्च अदालत, #सर्वोच्च अदालत शुक्रबार पनि पूरा समय सञ्चालन हुने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545