आरजु राणा प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ : मीनबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् कांग्रेस नेतृ आरजु राणा प्रधानमन्त्री बन्न नसक्ने नेता भएको बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेतृ आरजु राणाले नयाँदिल्ली पुगेर प्रधानमन्त्री पदको सौदाबाजी गर्ने सहमति गरेको चर्चा चलिरहेका बेला नेता विश्वकर्माले आरजु राणा प्रधानमन्त्री बन्न योग्य रहेको टिप्पणी गरेका हुन् ।
उनले नेपाली राजनीतिमा प्रचण्ड र आरजु दुवै भोलिका दिनमा प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएको उल्लेख गर्दै भने, ‘प्रचण्ड र आरजु दुवै जना कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने व्यक्ति त होइनन्, तर अहिले यस्तो सहमति भएको छैन् । यो सबै अफवाह हो । कुन दलको प्रतिनिधिसभामा सिट संख्या कति आउँछ, त्यसको मतभारको आधारमा सरकारको नेतृत्वको साझेदारीको कुरा आउँछ ।’
सरकारको नेतृत्वको सवालमा दलहरुबीच अर्को चरणमा छलफल हुने बताउँदै नेता विश्वकर्माले भने, ‘अहिले प्रचण्ड र आरजुबीच सरकारको नेतृत्व गर्ने भन्नेबारे सहमति भयो भन्ने कुरा आयो, यो झुठो हो ।’ स्वास्थ्योपचारका लागि आरजु दिल्लीमा भएकै बेला प्रचण्ड भारत भ्रमणमा गएको र सोही क्रममा आरजुको स्वास्थ्यलाभको कामना गर्न प्रचण्डले भेटवार्ता गरेको उनको दाबी छ ।
‘डा. आरजु उदयीमान नेता हो । प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ र ? तर, अहिले यो विषयमा छलफल र चर्चा नै चलेको थिएन । र, छैन,’ उनले भने ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #मीनबहादुर विश्वकर्मा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्