एक चीन नीतिको पक्षमा सबै उभिनुपर्नेमा नेपालका कम्युनिष्ट पार्टीहरुको जोड

काठमाण्डौं । ताइवानको विषयमा अमेरिका र चीनबीच तिक्तता बढिरहँदा नेपालका कम्युनिष्ट पार्टीहरुले एक चीन नीतिको पक्षमा सबै उभिनुपर्नेमा जोड दिएका छन् ।
अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवानको राजधानी ताइपेई भ्रमण गर्नुलाई कम्युनिष्ट नेताहरुले एक चीन नीतिको विरुद्धमा अमेरिका उभिएको रुपमा अथ्र्याएका छन् । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष ऋषि कट्टेलले उत्पिडित राष्ट्रको पक्षपोषण गर्ने राष्ट्रको रुपमा उदाएको चीनविरुद्ध अमेरिकालगायतका साम्राज्यवादी शक्तिहरु सलबलाएको बताए ।
संयुक्त राष्ट्रसंघले नै स्वीकार गरेको एक चीन नीतिविरुद्ध अमेरिका सक्रिय भएको कट्टेलको आरोप छ । अमेरिकी सांसदकी सभामुख पेलोसीको ताइवान भ्रमणको विरोध गर्दै उनले हिन्द प्रशान्त क्षेत्रीय रणनीति अन्तरगत नै अमेरिकाले चलखेल बढाएको दाबी गरेका छन् । विभिन्न नीतिमार्फत अमेरिकाले चीनमा आशान्ति मच्चाउन चाहेको उनले बताए ।
ताइवानलाई उचालेर अशान्त मच्चाउन चाहन्छ । दोस्रो, फ्रि तिब्बतको नाममा तिब्बतियनहरुलाई उचालेर चीनमा आशान्ति मच्चाउन चाहन्छ, जसको लागि एक डेड लाख मान्छे नेपाल र भारतमा पालेरै राख्याछ । तेस्रो, आन्तरिक रुपमा जातीय शक्तिहरुलाई उचालेर द्धन्द्ध सृजना गर्न चाहन्छ । र चौथोँ कुरा कथित मानवअधिकारलगायतका कुरा निकालेर चीनमा अशान्त मच्चाउन चाहन्छ ।)
विगतमा पनि पेलोसीले चीनलाई उक्साउने गतिविधि गर्दै आएको नेकपा मालेका स्थायी कमिटी सदस्य तथा प्रवक्ता कुमार बेलवासेको जिकिर छ । बेलवासेले अमेरिकाले साम्राज्यवादी गतिविधि गरेको भन्दै यस्तो प्रवृत्तिले भविष्यमा नेपाल पनि समस्यामा पर्नसक्ने औँल्याए । उनले अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसीको ताइवान भ्रमणबारे तत्काल विज्ञप्ति जारी गरेर स्पष्ट धारणा सार्वजनिक गर्न माग गरे ।
भोलि अमेरिका र चीनकैबीचमा केही कुरा भयो भने पक्कै पनि नेपाल त्यसको सिकार बन्नुपर्छ । त्यस नाताले पनि हामीलाई सर्वाधिक चासो छ । यो क्षेत्रमा शान्ति कायम होस् । यो क्षेत्रमा अनावश्यक साम्राज्यवादी हस्तक्षेप नहोस् । त्यस निम्ति पनि एक चीन नीतिविरुद्ध भएको न्यान्सी पेलोसीको ताइवान भ्रमणको निन्दा गर्छौँ, भत्र्सना गर्छौँ र हामीले कडा विरोध जनाउँछौँ ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता इन्द्र रावलले अमेरिका र चीनबीचको तनाबले विश्वमा नै अशान्त हुन सक्ने बताए । चीनले ताइवानमा उच्चस्तरीय भ्रमण नगर्न आग्रह गर्दा गर्दै अमेरिकाले सभामुखलाई ताइवान पठाएर विश्व शान्तिमा खलल पुर्याएको रावलको भनाई छ । चीनमा अशान्ती भयो भने त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेतर्फ रावलले चिन्ता व्यक्त गरे । अमेरिकाले नेपालको भूमि प्रयोग गरेर चीनविरुद्ध गतिविधि बढाएको रावलको दाबी छ ।
एमसीसी सम्झौताहरु भएका छन् । एसपीपी सम्झौताहरु भएका छन् । त्यसबाहेक पर्दा पछाडि पनि धेरै षडयन्त्रहरु भइरहेका छन् । नेपालको भूमि प्रयोग गरेर चीनको शान्ति खलबल्याउने, चीनलाई घेराबन्दी गर्ने जुन गतिविधि अमेरिकाले गरिरहेको छ, त्यसको पनि हामी विरोध गर्दै आएका छौँ ।
त्यसैगरी नेकपा मालेका विदेश विभाग सचिव सुरेन्द्र ढकालले अमेरिकाले विश्व शान्तिलाई खलल पारिरहेको बताए । युद्धको वातावरण सृजना गर्ने हतियारको व्यापार गर्ने अमेरिकाको उद्धेश्य रहेको ढकालको दाबी छ । त्यसैका लागि चीनसँग निहुँ खोज्न सभामुखलाई ताइवानको भ्रमण गराएको उनी बताउँछन् ।
अमेरिकाको सबैभन्दा ठूलो इन्डष्ट्री भनेको हतियारको हो । विश्वमा शान्ति छायो भने अमेरिकाको इकोनोमी कोल्याप्स हुन्छ ।
कार्यक्रममा नेपाल वादका अध्यक्ष किरण शर्माले ताइवान चीनको अभिन्न अंग हो भनेर विश्वले मानिसकेको अवस्थामा अमेरिकाले अनावश्यक द्धन्द्ध सृजना गर्न खोजेको बताए ।
ताइवान चाँही चीनको अभिन्न अंग हो भनेर विश्वले मान्यता दिइसकेको विषयवस्तुलाई विभिन्न कारणबाट गिजोलिरहेको देख्दा हामीलाई पनि दुःख लागिरहेको छ । यो भ्रमणले चाइना र अमेरिकाबीचको द्धन्द्धलाई अझ चुल्यउँदैछ । यो क्षेत्रमा पनि वारको स्थिती सृजना हुन सक्छ भन्ने हामीलाई लागिरहेको छ ।)
त्यसैगरी नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीनविरोधी गतिविधि गर्न विभिन्न तहबाट हमला गरिरहेको आरोप लगाए । अमेरिकाले विश्वकै जनता र राष्ट्र अनि तिनको स्वाधिनताको विरुद्धमा गतिविधि गरेको उनको दाबी छ ।
लामो समयदेखि विश्वका जनताका विरुद्ध, राष्ट्रका विरुद्ध, स्वाधिनताका विरुद्ध, यस्ता गतिविधिहरु गर्दै आएको कुरा विगतदेखि नै थाहा छ र नेपाल कम्युनिष्ट पार्टीले आफ्नो जन्मकालदेखि तीनवटा शक्तिविरुद्ध आफ्नो अभियानलाई अगाडी बढाएको हो ।
अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’की सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने कार्यक्रम घोषणा भएदेखि नै चीन रुष्ट थियो । चीनले भ्रमण नगर्न चेतावनी पनि दिएको थियो । तर पेलोसीले भ्रमण गरिन् । त्यसको नेपालका कम्युनिष्ट पार्टीहरुले पनि विरोध गरेका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एक चीन नीतिको पक्षमा सबै उभिनुपर्नेमा नेपालका कम्युनिष्ट पार्टीहरुको जोड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्