साढे ४९ लाख रुपैयाँसहित कपनबाट हुण्डी कारोबारी पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । सादा पोशाकमा खटेको प्रहरी टोलीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई आज राति पक्राउ गरेको हो ।
आज साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा स्रोत नखुलेको रु ३२ लाख र निज घ्याल्जेनको कोठमा समेत जाँच गर्दा रु १७ लाख ५० हजार गरी रु ४९ लाख ५० हजार बरामद भएको प्रहरीले जानकारी दिएको छ । निजको नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले पैसा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले सोही रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको बताउँदै यसबारे थप अनुसन्धान भइरहको जानकारी दिएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #४९ लाख रुपैयाँसहित कपनबाट हुण्डी कारोबारी पक्राउ, #हुण्डी कारोबारमा संलग्न एक जना पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्