एमालेसँग गठबन्धन वा एकता हुन सक्छ: वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज एवम् स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले एमालेसँग माओवादीको गठबन्धन वा पार्टी एकताको सम्भावना रहेको बताएका छन् ।
एमालेका नेताहरुसँग आफूहरुको संवाद भइरहेको समेत खुलासा गर्दै उनले दीर्घकालीन रुपमै काँग्रेससँग सहकार्यको नीतिमा आफूहरु नरहेको समेत स्पष्ट पारेका छन् । वामपन्थी र विचार मिल्ने शक्तिहरुसँग सहकार्य र एकताको प्रक्रियामा आफूहरू अघि धारणा उनले व्यक्त गरेका छन् ।
एक टेलिभिजन कार्यक्रमलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतको गल्ती महसुस गर्ने बित्तिकै रातारात पार्टी एकता त नहोला, तर सहकार्यको ढोका खुल्नेछ ।’ एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा फेरि पार्टी एकता हुन सक्ने उनको भनाइ छ ।
विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको भन्दै उनले गल्तीको महसुस गरे एकताको ढोका खुल्ने बताउँदै सो कुरा बताएका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #वर्षमान पुन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्