सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव

काठमाडौँ । सत्ता गठबन्धनले सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको गठबन्धन बैठकले सरकारलाई निर्वाचनको घोषणा गर्न सुझाव दिएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
निर्वाचनको मितिका बारेमा बैठकमा छलफल नभएको उहाँले बताउनुभयो । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ । आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने सहमति भएको पनि उहाँले बताउनुभयो । “बैठकले सरकारलाई निर्वाचन घोषणा गर भन्ने सुझाव दियो”, अध्यक्ष यादवले भन्नुभयो, “गठबन्धनलाई निरन्तर जारी राख्ने सहमति भयो ।”
पाँच दलीय गठबन्धनको अर्को बैठक शुक्रबार बिहान बस्नेछ । बुधवारको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष यादवलगायत गठबन्धन दलका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव, #सत्ता गठबन्धन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्