चालु आर्थिक वर्षको बजेट कृषि क्षेत्रमा केन्द्रित: अर्थमन्त्री शर्मा
काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट कृषि क्षेत्रमा केन्द्रित भएको दाबी गरेका छन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको ३० औं किसान सहिद दिवस तथा ६९ औं भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कृषिमा केन्द्रित बजेट भएकाले सबैलाई कृषि उत्पादनको क्षेत्र लाग्न आग्रह गरेका हुन् । उनले सम्बन्धित ठाउँको लागि चाहिने कृषि उपज त्यही ठाउँमा उत्पादन गर्नुपर्नेमा जोड दिए । कृषिकलाई चाहिने सामग्री वितरण गरेर उत्पादन बढाउनुपर्ने शर्माको भनाई छ । मन्त्र ी शर्माले बजेटमा किसानलाई पेन्सनको व्यवस्था गरिएको पनि स्मरण गराए ।
अब हामी उत्पादनसँग जोडिनु पर्छ । अहिलेको बजेट कृषिमा केन्द्रित छ । कृषि क्षेत्रको उत्पादनमा सबैलाई सहभागी गरौँ । काठमाडौंको लागि चाहिने तरकारी काठमाडौं आसपासको जिल्लाले उत्पादन गरौँ । औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नु पर्ने आवश्यकता रहेको छ । हामीले ल्याएको बजेट पनि उत्पादन मुखी नै रहेको छ । किसानलाई पेन्सनको व्यवस्था समेत बजेटमा रहेको छ ।
शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने उद्देश्यका साथ यसवर्षको बजेट आएको बताए । शर्माले नेपाली जनताको पक्षमा लड्नेहरुलाई सधै दमन गरेको भन्दै जनआन्दोलनको प्रक्रियाबाट अगाडी बढेर जनताका मागहरुलाई पूरा गर्ने काम गरेको बताए । समानता र स्वतन्त्रता स्थापित गर्दै जातीय विभेदको अन्त्य गरेको पनि शर्माले बताए ।
नेपाली जनताको पक्षमा लड्नेहरुको जहिले पनि दमन गरिएको छ, त्यसकै विकसित रुप विभिन्न आन्दोलन हुदैँ जनआन्दोलनको प्रक्रियाबाट अगाडी बढेर त्यसले जनताका मागहरुलाई पूरा गर्ने काम गरेको छ । समानता, स्वतन्त्रता र जातीय विभेदको विषयमा बोल्दै सबैलाई न्याय दिने काम पुरा गरेको छ ।
उनले भिम दत्तका सपनालाई पूरा गर्नु आजको आवश्यकता भएको बताए । भीमदत्त पन्त नेपालका एक शसक्त राजनीतिक कर्मी हुन् । कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो भन्दै सशक्त रूपमा किसान आन्दोलन गरेका भीमदत्त पन्त किसान नेताका रूपमा परिचित छन् । उनलाई २०१० साल श्रावण १७ गते पक्राउ गरेर भोलिपल्ट सिपाहीहरुले टाउको काटेर हत्या गरेका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #अर्थमन्त्री जनार्दन शर्मा, #जनार्दन शर्मा
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्