Techie IT
शनिबार, वैशाख ६,२०८२

ट्रकको ठक्करबाट एक जनाको मृत्यु


पोखरा । पोखरा–हेमजा सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुने मोटरसाइकल चालक माछापुच्छ्रे गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपाली हुन् । ठक्करबाट भन्दा पनि ठक्करपछि मोटरसाइकलमा भएको आगलागीका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखराबाट हेमजातर्फ जाँदै गरेको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आगलागी भएपछि निभाउने प्रयास गर्दा ठक्कर दिने ट्रक ड्राइभर पनि घाइते भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #ट्रकको ठक्करबाट एक जनाको मृत्यु, #मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545