Techie IT
शनिबार, वैशाख ६,२०८२

बालकुमारीमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु


काठमाडौं । ललितपुरको बालकुमारीमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जीपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको मोटरसाइकललाई गएराती १० बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौँको दक्षिणकाली नगरपालिका ८ का ३१ वर्षीय आषिश लामाको उपचारका क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा राती ११ बजे मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिएर जीपसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी प्रभाग इमाडोलले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना, #बालकुमारीमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545