स्वर्गद्वारीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
स्वर्गद्वारी मन्दिर दर्शन गरेर भिङ्ग्रीतर्फ आउँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका –३ निवासी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भिङ्ग्रीमा प्राथमिक उपचारपछि घाइतेहरूलाई बुटवल रिफर गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।
जीपमा १७ जना सवार थिए । जीपको ब्रेक नलागेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, #दुर्घटना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्