Techie IT
बुधबार, माघ २३,२०८१

एक वर्षको अवधिमा झापामा आत्महत्या गर्नेको सङ्ख्या ३१४


भद्रपुर, झापा । झापामा आर्थिक वर्ष ०७८/०७९ को एक वर्षको अवधिमा ३१४ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा १६ देखि २५ वर्ष उमेरका युवा–युवतीको सङ्ख्या धेरै छ । सो उमेर समूहका ८१ जनाले आत्महत्या गरेको झापा प्रहरीले जनाएको छ ।

यस्तै, १०–१५ वर्षका १५, २३–३५ वर्षका ५०, ३६–४५ वर्षका ६३, ४६–६० वर्षका ६० र ६०–९३ वर्षका ४५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।

न्यूनीकरणका लागि विभिन्न किसिमका अभियान सञ्चालन हुँदा पनि आत्महत्या गर्नेको सङ्ख्या घट्न नसकेको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आत्महत्या, #एक वर्षको अवधिमा झापामा आत्महत्या गर्नेको सङ्ख्या ३१४


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Clear
6:46 am5:49 pm +0545