Techie IT
सोमबार, वैशाख ८,२०८२

प्रहरी सुदृढीकरणको पहिलो अभ्यास : मातहतका १८ युनिट प्रहरीको ब्यापक फेरबदल


चितवन । चितवन प्रहरीले विभिन्न मातहतका युनिटहरुको फेरवदल गरेको छ । लामो समयदेखी अड्डा जमाएर बसेका मातहतका विभिन्न इकाइका १८ जना प्रहरी कर्मचारीहरुको एकैपटक फेरबदल गरिएको हो ।

यसरी परिवर्तन हुनेहरुमा जुनियर प्रहरी अधिकृतहरु मात्रै रहेका छन् । असई र सईलाइ ब्यापक रुपमा परिवर्तन गरिएको चितवन प्रहरी स्रोत बताउँछ ।

चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले प्रहरी सुदृढीकरणको पहिलो अभ्यास स्वरुप युनिटका इकाइहरुको परिवर्तन गरिएको हो ।

प्रहरी स्रोत भन्छ : अहिलेका प्रहरी प्रमुखलाइ कुनै लोभलालच नभएकोले पनि ब्यापक मात्रामा सरुवा गरिएको हुन सक्छ । उनी थप्छन् : चितवनले यस्तो प्रहरी प्रमुखको नेतृत्व पाउन मुस्किल छ, उनले थपे ।

यसरी मातहतका युनिटहरुको परिवर्तन गरिए संगै सबैले रवाना बुझेर कार्यक्षेत्र पुगिसकेका छन् । त्यस्तै, जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी कर्मचारीलाई “स्ट्यान्ड बाइ” बस्न समेत निर्देशन दिइएको छ ।

यस्तै, सरुवा भइसकेका अधिकांश प्रहरीहरुको दरबन्दीमा रवाना हुने क्रम समेत तीब्र रहेको बताइएको छ । पावर र भन्सुनको आडमा लामो समयदेखी एकछत्र राज गर्दै बसेका केही कर्मचारीलाइ दरबन्दीमा रवाना गर्ने क्रमले समेत यतिबेला तीब्रता पाएको हो ।

को – कहाँ ?
प्राप्त पत्र अनुसार सशस्त्र प्रहरी सेनामुख तनहुँ दरबन्दी भई ईलाका प्रहरी कार्यालय रामनगर चितवनमा खटिएका सई रोशन कुमार मल्ललाई जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय मकवानपुर दरबन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा कायारर्त सई भरत बहादुर दुरालाई ईलाका प्रहरी कार्यालय रामनगर चितवन, ईलाका प्रहरी कार्यालय रजहर नवलपरासी दरबन्दी भई ईलाका प्रहरी कार्यालय चनौलीमा खटिएका सई शालिग्राम पौडेललाई कारागार सुरक्षा गार्ड चितवन, ईलाका प्रहरी कार्यालय चनौली दरबन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा खटिएका सई तिल बहादुर महतलाइ निजको साविककै दरबन्दीमा पठाइएको, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा कायारर्त असई लक्ष्मण सिंह दनुवारलाई प्रहरी चौकी बछौली चितवन , बागमती प्रदेश सशस्त्र प्रहरी गुल्म २ रातोमाटे दरबन्दी भई प्रहरी चौकी पार्वतीपुर कायारर्त असई बिजय कुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय चितवन, ईलाका प्रहरी कार्यालय फुलबारी चितवन दरबन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा कायारर्त असई नरेश रामलाई प्रहरी चौकी पार्वतीपुर, प्रहरी चौकी लालगढ धनुषा दरबन्दी भई वर्डा प्रहरी कार्यालय नारायणगढमा कायारर्त असई छोटेलाल प्रसाद यादवलाई प्रहरी चौकी वरुवा माडी, ईलाका प्रहरी कार्यालय रामनगर दरबन्दी भई प्रहरी चौकी वरुवा माडीमा कायारर्त असई लाल बाबू पासवानलाई वर्डा प्रहरी कार्यालय नारायणगढ, बागमती प्रदेश दंगा प्रहरी नियन्त्रण गण गुल्म ४ हेटौंडा दरबन्दी भई प्रहरी चौकी सुमेश्वर माडीमा कायारर्त असई नागेन्द्र प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन दरबन्दी भई ईलाका प्रहरी कार्यालय भण्डारामा कायारर्त असई सविवुल हंक मंसुरी प्रहरी चौकी सुमेश्वर माडी, प्रहरी चौकी रानीपानी पर्वत दरबन्दी भई प्रहरी चौकी सम्झौट पिपरीयामा कायारर्त असई निव बहादुर आलेलाइ ईलाका प्रहरी कार्यालय खैरहनी, प्रहरी चौकी रामपुर दरबन्दी भई ईलाका प्रहरी कार्यालय खैरहनी चितवनमा कायारर्त असइ नवल प्रसाद यादवलाई प्रहरी
चौकी सम्झौट पिपरीया, ईलाका प्रहरी कार्यालय गितानगर संचार दरबन्दी भई सोही कार्यालयमा कायारर्त असइ तेज नारायण प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय चितवन, ईलाका प्रहरी कार्यालय फुलबारी ‘क’ दरबन्दी भई प्रहरी चौकी पंचकन्यामा कायारर्त असइ नारायण प्रसाद तिवारीलाई ईलाका प्रहरी कार्यालय भण्डारा चितवन, ईलाका प्रहरी कार्यालय टाँडी दरबन्दी भई ईलाका प्रहरी कार्यालय भण्डारामा कायारर्त असई रामबाबु यादवलाई प्रहरी चौकी पंचकन्या, जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासी दरबन्दी भइ जिल्ला प्रहरी कार्यालय चितवनमा कायारर्त असई हरि बहादुर पेमीलाई अस्थायी प्रहरी पोस्ट शरणपुर र वर्डा प्रहरी कार्यालय नारायणगढ संचार दरबन्दी भई अस्थायी प्रहरी पोस्ट शरणपुरमा कायारर्त असई गणेश प्रसाद देवकोटालाई ईलाका प्रहरी कार्यालय गितानगर पठाइएको चितवनका प्रहरी नायब उपरीक्षक रविन बिष्टद्वारा हस्ताक्षर पत्रमा उल्लेख छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545