कार्यकर्ताहरूलाई चुनावी तयारीमा जुट्न अध्यक्ष ओलीको निर्देशन

दमक (झापा) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई चुनावी तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्र (झापा क्षेत्र नं ५) मा पर्ने कमल गाउँपालिकाका कार्यकर्ताहरूको भेलालाई बिहीबार सम्वोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा सहज जितको परिणाम ल्याउने कार्ययोजनाका साथ अगाडि बढ्न निर्देशन दिनुभयो ।
झापाको क्षेत्र नं. ५ मा पर्ने दमक नगरपालिका तथा कमल गाउँपालिकाको निर्वाचन परिणामलाई राष्ट्रिय चासोको रूपमा हेरिएको स्मरण गराउँदै उहाँले यि स्थानीय तहमा एमालेले किन अपेक्षित परिणाम ल्याउन सकेन, समीक्षा गर्न पनि निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन परिणाम र कमी कमजोरीबाट निराश नभई आगामी निर्वाचनमा जुट्न हौसला प्रदान गर्नुभयो ।
अध्यक्षले भन्नुभयो– एमाले सरकारमा नहुँदा के–के हुँदो रहेछ, गठबन्धन सरकारका गतिविधिबाट प्रष्ट हुँदै गएको छ । देशलाई आर्थिक रूपमा जर्जर बनाउने, राज्यका संयन्त्रहरूलाई ध्वस्त पार्ने काम भएका छन् । सरकार कमिशन एजेण्टहरूले चलाएका छन् ।
‘एमालेको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन लागिपरेकाहरू अहिले वाम एकताको कुरा गर्दै हिड्नु लज्जास्पद कुरा हो,’ अध्यक्षले भन्नुभयो– ‘पाँच जना मान्छे मिल्दैमा बाम एकता हुँदैन ।’
कार्यक्रममा अध्यक्षसहित एमालेका प्रदेश ईन्चार्ज देवराज घिमिरे, स्थायी कमिटी सदस्य तथा झापा ईन्चार्ज अग्नि खरेल लगायतले पार्टीमा प्रवेश गर्नेलाई स्वागत गर्नुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्