गल्ती दोहोर्याउने छुट कसैलाई छैन : एमाले अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराउनुभएको छ । उहाँले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहोर्याउनु बेठीक हुने उहाँले बताउनुभयो ।
उहाँले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्याएर गल्ती गर्ने छुट अब नभएको बताउनुभयो । उहाँले ठट्टा गर्दै भन्नुभयो, “२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ ?” तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मान्नु परेको स्मरण गराउँदै उहाँले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गर्नुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाले हार्नुको कारणबारे पनि कार्यकर्तालाई प्रश्न गर्नुभएको थियो । अध्यक्ष ओलीले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नु पर्ने र दोहो¥याएर गल्ती गर्ने काममा नलाग्न सबै कार्यकर्तालाई निर्देशन दिनुभयो ।
आजै अध्यक्ष ओलीले कमल र गौरीगञ्ज गाउँपालिका तथा गौरादह नगरपालिकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो । रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्