Techie IT
आईतबार, वैशाख ७,२०८२

अवरुद्ध पासाङ ल्हामु राजमार्ग आज बिहानदेखि पुनःसञ्चालनमा


सोमबार अवरुद्ध भएकहो पासाङ ल्हामु अन्तर्राष्ट्रिय राजमार्ग आज बिहानदेखि पुनःसञ्चालनमा आएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार स्काभेटरको सहायताले हिजो दिनभरको प्रयासमा सुख्खा पहिरो पन्छाइ राजमार्ग सञ्चालन गरिएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भीरमा पहिरो जाँदा चीनको केरुङबाट सामान लिई आएका र सामान लिन जान लागेका समेत २०० को हाराहारीमा रोकिएका सबै सवारीसाधन राजमार्ग खुलेपछि आफ्नो गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काले जानकारी दिनुभयो । सडक खुलेसँगै नियमित बस सेवा र एम्बुलेन्ससमेत सञ्चालनमा आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पासाङ ल्हामु राजमार्ग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545