Techie IT
सोमबार, वैशाख ८,२०८२

खैरहनीका बिकाश थापालाई आक्रमण गरेर फरार एक जना काठमाडौंबाट पक्राउ, चितवन प्रहरी भन्छ – हामीलाई थाहा छैनन्


चितवन । पूर्वी चितवनको खैरहनीमा युवा संघका कार्यकर्ता बिकाश थापालाई सांघातिक आक्रमण गरेर फरार रहेका एक जनालाई प्रहरीले आज (बुधबार) साँझ काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खैरहनी नगरपालिकाका ३२ वर्षीया ‘र्‍याक्स’ भन्ने सुचेन्द्र राई रहेको प्रहरी स्रोतले जनाएको छ । उनलाई प्रहरी बृत बालाजुको सहयोगमा (बुधबार) साँझ पाँच बजे चितवन प्रहरीले पक्राउ गरेको हो । बालाजुमा पक्राउ परेका उनलाई आजै राती चितवन ल्याइदै छ । आक्रमण पश्चात्त तीन महिनादेखि फरार रहदै आएका राईलाई खोजी गर्न चितवन प्रहरीले आफ्नो सबै संयन्त्र परिचालन गरेको थियो ।

यता, चितवन प्रहरीले भने राई पक्राउ परेको बिषयमा औपचारिक रूपमा मुख खोलेको छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीले आफूलाई सुचेन्द्र राई पक्राउ परेको बारे त्यस्तो आधिकारिक केही जानकारी नआएको बताए । उनी पक्राउ परेको बिषयमा हामीलाई केही थाहा छैनन् । उनलेे भने, थाहा भएपछि अपडेट गरौंला ।

वैशाखमा भएको स्थानीय तहको निर्वाचनका क्रममा थापालाई खैरहनी नगरपालिका ८ स्थित  घर नजिकै अज्ञात समूहले हतियार प्रहार गरेको थियो । सांघातिक आक्रमणमा परेका थापाको टाउको, हात, खुट्टा लगायत शरीरका विभिन्न स्थानमा चोट लागेको थियो । त्यतिबेला राजनीतिक प्रतिशोधका कारण नै उक्त घटना गराइएको हुन सक्ने अनुमान गरिएको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545