Techie IT
सोमबार, वैशाख ८,२०८२

पदभार ग्रहण गर्दै केसीले भने मलाई असफल हुने छुट छैन


काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् ।

उनले वुधबार विहान चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेर उनले कार्यभार ग्रहण गरेका हुन् ।

पहिलो दिन हाजिरी गरेपछि केसीले चलचित्र क्षेत्रका समस्याहरुमा आफू जानकार रहेको बताए ।

उनले आगामी दिनमा चलचित्रकर्मीलाई बोलाएर सुझाव लिने बताए ।

पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘चलचित्र क्षेत्रभित्र धेरै समस्या छन् । म सबैका समस्याहरु सुन्न चाहन्छु । त्यसैले चलचित्रको सबै विधाका मान्छेहरुलाई संलग्न गराएर एक–दुई दिनमै एउटा सम्मेलन आयोजना गर्ने योजना छ ।’

उनले सम्मेलनबाट निस्कने निष्कर्षकै आधारमा आफू अघि बढ्ने बताए । त्यस्तै, उनले आफ्नो नियुक्तिबारे सोधिएको प्रश्नमा भने चलचित्र क्षेत्रका लागि आफूले जे गर्न पनि तयार हुने बताए ।

‘म जहाँ गए पनि चलचित्र क्षेत्रको विकासका लागि जाने हो । मेरो तन मन धन नै चलचित्रकर्मीको उत्थान र विकासका लागि हो । त्यसैले म शहिद भएर, भिक्टिम भएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने त्यसका लागि तयार छु’, उनले भने ।

आजै बोर्डले अध्यक्ष केसीको स्वागत कार्यक्रम आयोजना पनि गरेको छ ।

केसीलाई सोमबारको मन्त्रिपरिषदको बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चलचित्र विकास बोर्ड, #भुवन केसी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545